९ कार्तिक २०८३, सोमबार

भरुवा बन्दुक र कालिजसहित ५ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

म्याग्दी, ३० कात्तिक । बेनी नगरपालिका ४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिज सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेनी नगरपालिका ४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय संदिप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन् ।

उक्त जंगलमा भरुवा बन्दुक प्रयोग गरी बन्यजन्तु चोरी सिकार भइरहेको भन्नेसूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक र कालिज सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।