
काठमाडौँ, ३० कात्तिक । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का १६ वर्षीय किशोर रहेका छन् ।
शुक्रबार कोरोना पुष्टि भएको उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
केही दिनदेखि आएको ज्वरो निको नभएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
शुक्रबार कोरोना देखिएको उनको शनिबार राती मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार तिलोत्तमाकै ५७ वर्षीय पुरुषको पनि शनिबार राति मृत्यु भएको छ ।















प्रतिक्रिया