बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रचण्डको ‘प्रस्ताव’ : जनमोर्चे गाली

पार्टी फुटाउने योजनाका साथ यो प्रस्ताव आएको देखिन्छ

निर्मल भट्टराई २०७७ कार्तिक २९ गते १४:३५

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक शुरु भएको छ ।

बैठक शुरु हुनु पूर्व नै दुई कित्तामा बाँडिएर, आ–आफ्नो रणनीति तयार गरेर शुरु भएको भनिएको यो बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लिखित आरोप–प्रत्यारोपसँगै शुरु भएको सचिवालय बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मूल नेतृत्व पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो आरोप–पत्र पेश गर्नु भएको छ । यो आरोपको पुलिन्दालाई बाहिर राजनीतिक प्रस्ताव भनिएको छ ।

तथ्यहीन आरोप

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएका अधिकांश आरोपहरु तथ्यमा आधारित छैनन् । नेपालको कम्युनिष्ट आन्दोलनको तेजोबध गर्न, साम्राज्यवादी प्रभाव बढाउन, दलाल पूँजीवादको पक्षपोषण गर्न शुरु गरिएका केही कर्पोरेट मेडियामा नेकपाको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको बद्नाम गर्न रचिएका कपोलकल्पित समाचारको संग्रहको रुपमा यो ‘राजनीतिक प्रस्ताव’ बाहिर आएको छ ।

यो आरोप प्रतिपक्षको हो कि सत्तारुढ पार्टीका अध्यक्षको हो, छुट्याउन सकिँदैन । वाइडबडी प्रकरण, सञ्चारमन्त्री टेप प्रकरण, ओम्नी प्रकरण, यति जग्गा प्रकरणमा भ्रस्टाचारसम्बन्धी मुद्दा दायरसम्म हुन नसकेको अवस्थामा सत्तारुढ पार्टीकै अध्यक्षले आफ्नै सरकारलाई उक्त प्रकरणमा भ्रस्टाचारी करार के तथ्यको आधारमा गरिएको हो ?

दस्तावेजमा भनिएको छ– ‘वाइडबडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युत्बाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर क. केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।’

केपी ओली पार्टी फुटाउँदैछन् भनेर बाहिर हल्ला चलाउने र भित्र विभिन्न विवादका बावजुद जीवनभर एउटा पार्टीमा सहृदय बसेका, संकटमा पार्टीलाई जोगाएर कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याएका नेताहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोख्रेलबीच आपसी तिक्तता बढाउँदै लगेर आफ्नो नेतृत्वमा पार्टी फुटाउने योजनाका साथ यो प्रस्ताव आएको देखिन्छ ।

अख्तियार र अदालतमासम्म नपुगेका विषयमा आफ्नो पार्टीको सरकारको उछित्तो काढेको इतिहासमै यो पहिलो घटना होला । केही व्यक्तिले आरोप लाउनु, केही मिसनरी पत्रकारले लेख्दैमा सोही समाचार संकलन गरेर आफ्नै पार्टीको सरकार खुइल्याउने दस्तावेज लेख्नु प्रचण्डलाई पटक्कै सुहाउने विषय होइन । केही मानिस र सञ्चार माध्यमले कमरेड प्रचण्डलाई ‘१७ हजार मानिसको हत्यारा’ भनेर आरोप लगाउने गर्छन्, त्यसैलाई आधार बनाएर नेकपाको दस्तावेजमा ‘हत्यारा प्रचण्ड’ लेख्न त मिलेन होला नि !

विभाजनको रेखा कोर्ने प्रयास

नेपाली समाजमा ‘चील आयो भनेर चल्ला चोर्ने’ उखान निक्कै चर्चित छ । केपी ओली पार्टी फुटाउँदैछन् भनेर बाहिर हल्ला चलाउने र भित्र विभिन्न विवादका बावजुद जीवनभर एउटा पार्टीमा सहृदय बसेका, संकटमा पार्टीलाई जोगाएर कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याएका नेताहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोख्रेलबीच आपसी तिक्तता बढाउँदै लगेर आफ्नो नेतृत्वमा पार्टी फुटाउने योजनाका साथ यो प्रस्ताव आएको देखिन्छ ।

आरोप–पत्रमा केपी शर्मा ओलीलाई ‘फुटाउ र राज गर’को सूत्र प्रयोग गरेको आरोप लगाए पनि व्यक्तिगत स्वार्थका लागि बल्लबल्ल एकताको सूत्रमा बाँधिदै गरेको नेपालको कम्युनिष्ट आन्दोलनलाई तलदेखि माथिसम्म विभाजनको रेखा कोर्ने नियतका साथ नेता प्रचण्ड अगाडि बढेको देखिन्छ । नौ जनाको सचिवालयमा पाँच जनाको टीम आफ्नो पक्षमा बनेपछि त्यही टीमको बलमा ‘अन्तिम युद्ध’ लड्नेपूर्व तयारीस्वरुप यो दस्तावेज प्रस्तुत भएको प्रष्ट देख्न सकिन्छ ।

आफूले शुरु गरेको जनयुद्धले तय गरेको प्रमुख लक्ष ‘सत्ता कब्जा’ प्राप्त भएन । आफूले हुर्काएर ल्याएको पार्टी विखण्डन र विसर्जन भयो । आफूले अङ्गीकार गरेको ‘माओवाद’, ‘प्रचण्डपथ’, ‘एक्काइसौं शताब्दीको जनवाद’ घाम झुल्केपछि तुषारो बिलाएझैँ बिलाएर गयो ।

मदन भण्डारी र जबजप्रति तीव्र घृणा

केपी ओलीलगायत तत्कालिन एमालेका नेताले मदन भण्डारी र जनताको बहुदलीय जनवादप्रति आदरभाव प्रकट गरेकामा नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको बेलाबखत चर्चा गरेकामा कमरेड प्रचण्डलाई साह्रै चित्त दुखेको देखिन्छ । त्यसो त कमरेड प्रचण्ड जननेता मदन भण्डारीको योगदान र जबजको प्रभावबाट डिरेल गरेर नेकपालाई वैचारिक रुपले शुन्य सुरुङगमा प्रवेश गराउन चाहनु हुन्छ ।

आफूले काखी च्यापेर ल्याएको ‘माओवाद’, ‘प्रचण्डपथ’, ‘एक्काइसौं शताब्दीको जनवाद’ हेर्दा हेर्दै जबजको साँचोमा ढालिएकोमा उहाँलाई सबभन्दा बढी उकुसमुकुस हुन्छ, पीडा हुन्छ ।

आफूलाई गणतन्त्रका पिता ठान्ने, राजा र गिरिजालाई चक्मा दिन सफल भएकोमा गर्व गर्ने, तत्कालीन एमालेलाई न भाले न पोथीको रुपमा बुझ्ने, केपी शर्मा ओली, माधव नेपालजस्ता नेतालाई त ‘अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुसे बारुला’ पारिदिने लक्ष्य बोकेर पार्टी एकता गरिएको भए पनि ओली र नेपालले आफैलाई चक्मा दिईरहेको देख्दा प्रचण्डको मन भरङ्ग भएको हुन सक्छ ।

प्रचण्डमा निराशाको पराकाष्टा

आफूले शुरु गरेको जनयुद्धले तय गरेको प्रमुख लक्ष ‘सत्ता कब्जा’ प्राप्त भएन । आफूले हुर्काएर ल्याएको पार्टी विखण्डन र विसर्जन भयो । आफूले अङ्गीकार गरेको ‘माओवाद’, ‘प्रचण्डपथ’, ‘एक्काइसौं शताब्दीको जनवाद’ घाम झुल्केपछि तुषारो बिलाएझैँ बिलाएर गयो ।

आफूलाई गणतन्त्रका पिता ठान्ने, राजा र गिरिजालाई चक्मा दिन सफल भएकोमा गर्व गर्ने, तत्कालीन एमालेलाई न भाले न पोथीको रुपमा बुझ्ने, केपी शर्मा ओली, माधव नेपालजस्ता नेतालाई त ‘अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुसे बारुला’ पारिदिने लक्ष्य बोकेर पार्टी एकता गरिएको भए पनि ओली र नेपालले आफैलाई चक्मा दिईरहेको देख्दा प्रचण्डको मन भरङ्ग भएको हुन सक्छ ।

प्रचण्डलाई उपलब्धि के ?

जनमतको हिसाबले नेकपामा प्रचण्डको शक्ति ३० प्रतिशतको हो । ३० प्रतिशतले सय प्रतिशतमाथि बुर्कुसी मारिरहन सक्दैन । पूर्ण नियन्त्रण गर्न पनि सक्दैन । प्रधानमन्त्रीविरुद्ध यस्तो खालको ‘जनमोर्चे’ पाँडे गाली लेखेर र बोलेर कमरेड प्रचण्डलाई बर्बादीबाहेक केही हात लाग्दैन ।

आफूलाई मार्क्सवादको मसिहा ठान्ने कमरेड प्रचण्डले सरकार र प्रधानमन्त्रीले गरेका राम्रा काम पनि देख्ने द्वन्द्ववादी दृष्टि गुमाएको र निराशा, पूर्वाग्रह र आक्रोश मात्र ओकल्नु विडम्बनापूर्ण छ ।

प्रचण्डलगायत दर्जनौं प्रधानमन्त्रीले नसकेको कालापानी, लिपुलेख र लिम्पियाधुरालाई केपी शर्मा ओलीले साहसपूर्वक नेपालको नक्शामा समेटेको जस पनि आफैंले लिन खोज्नु त झन् आश्चर्यजनक छ ।

अहिले नेकपा एउटा गैरसैद्धान्तिक–वैचारिक विवाद लगभग अन्तिम छोरमा पुगेको छ । डिलमै पुगेको छ । डिलमा पुगेपछि केवल दुई वटा विकल्प बाँकी रहन्छन्– कि डिलबाट लडेर इहलिला समाप्त पार्नु कि गल्ती महसुस गरेर हातेमालो गरेर कामको लयमा फर्कनु ।

हेर्न धेरै समय पर्खनु पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित