२ कार्तिक २०८३, सोमबार

लागुऔषधसहित तीन जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ कात्तिक । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् ।

दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेका हुन् ।

सोमबार राति दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको हो ।

लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए ।

यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।