२ कार्तिक २०८३, सोमबार

बसको ठक्करबाट थानकोटमा १ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ कात्तिक । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ४ बजेको समयमा बसले ठक्कर दिँदा बाजुराका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले बताएको छ ।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।