इलाम, २५ कात्तिक । समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन् ।
नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणासमेत गरेको लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विशेष पूजासहितका कार्यक्रम राखिने गरिन्थ्यो ।
यस वर्ष कोरोना महामारीका कारण सामान्य पूजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ । किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्ने गरेका छन् ।
लिङ्देनको जन्मजयन्ती परेकाले मंगलबार प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ ।
फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।
फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए ।















प्रतिक्रिया