
विराटनगर, २४ कात्तिक । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइकै मृत्यु भएको छ ।
६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको गत मंगलबार (कात्तिक १८ गते) मृत्यु भएको हो ।
आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए । उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो ।















प्रतिक्रिया