२ कार्तिक २०८३, सोमबार

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ६ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २४ कात्तिक । महालक्ष्मी नगरपालिका–४ इमाडोलबाट करिब ३ इन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका–२ घर भएका ४१ वर्षीय सन कुमार राई र खोटाङ दिक्तेल नगरपालिका–३ घर भएका १८ वर्षीय किशोर छन् ।

यस्तै ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका–४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका–३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छालासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।