आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माँ बंगलामुखी उपभोक्ता सहकारीको अध्यक्षमा अधिवक्ता लक्ष्मण महर्जन पुनः निर्वाचित

दैनिक नेपाल २०७७ कार्तिक २४ गते १२:४४

ललितपुर, २४ कात्तिक । ललितपुर महानगरपालिका–११, कोन्तीस्थित माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको ११औं वार्षिक साधारणसभाबाट अधिवक्ता समेत रहेका लक्ष्मण महर्जन पुनः निर्विरोध निर्वाचित भएका छन् ।

शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा शनिबार सम्पन्न साधारणसभाले आगामी ४ वर्षे कार्यकालका लागि महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।

सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार , सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन, मुकेश खड्गी र रविता तण्डुकार निर्वाचित भएका छन् ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन् ।

साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पनि सर्वसम्मतीले पारित गरेको छ ।

शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाले उल्लेख्य प्रगति गर्न सफल भएको प्रतिवेदनहरुमा उल्लेख छ । फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको समेत सो अवसरमा जानकारी दिइएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा सो संस्थामा शेयरपूँजी रु. २ करोड ५१ लाख ७ हजार ९००, निक्षेप संकलन रु. १२ करोड १४ लाख ६३ हजार ४९५, कर्जा लगानी रु. ११ करोड १७ लाख ८५ हजार ७७२ र कुल सम्पति रु. १६ करोड ८ लाख ७६ हजार ७२ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित