२ कार्तिक २०८३, सोमबार

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको बताइएको छ । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।