२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको के सन्देश लिएर खुमलटार पुगे महासचिव पौडेल ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेको स्रोतको भनाइ छ ।

शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए ।

त्यसपछि थप रुष्ट बनेका प्रचण्डलाई कन्भिन्स गर्न प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ । यसअघि प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग पनि पार्टी विवाद समाधानबारे छलफल गरेका छन् ।

अर्कोतर्फ बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’ को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।