२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमित सांसद विश्वकर्मालाई भेन्टिलेटरबाट निकालियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएसँगै भेन्टिलेटरबाट निकालिएको छ ।

फोक्सोमा पानी जमेर ग्राण्डी अस्पतालमा भर्ना भइ उपचाररत विश्वकर्मालाई चिकित्सकहरुले ७२ घण्टाको ट्रायलपछि भेन्टिलेटरबाट बाहिर निकालेका हुन् ।

चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमि सुधार भइरहेको जानकारी दिएका छन् । कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वाप्रश्वासमा समस्या आएपछि विश्वकर्माको गान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर एक हप्तादेखि उपचार हुँदै आएको थियो ।