२ कार्तिक २०८३, सोमबार

जनकपुर–जयनगर रेल सेवा पुस पहिलो सातादेखि सञ्चालन गर्ने तयारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनधपुरधाम, २४ कात्तिक । सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ ।

जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको हो । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले हाल अन्तरदेशीय रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको भनाइ छ ।

तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेकाले व्यवस्थापन भइरहेको उनले बताए । व्यवस्थापनको काम सकिन लागेकाले आगामी पुसको पहिलो सातादेखि त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल भइरहेको उनको भनाइ छ ।