२ कार्तिक २०८३, सोमबार

सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ कात्तिक । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२ का ८२ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई कात्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

उनमा निमोनिया र श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको अस्पतालको भनाइ छ ।