शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भारतीय पत्रकार अर्नब गोस्वामीलाई जेल पठाइयो

दैनिक नेपाल २०७७ कार्तिक २४ गते १०:२२

नयाँ दिल्ली, २४ कात्तिक । रिपब्लिक टेलिभिजनका संस्थापक एवं प्रधानसम्पादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ ।

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्साहन गरेको अभियोगमा न्यायिक हिरासतमा लिइएका उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र राखिएको थियो ।

उनले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको भारतीय समाचार संस्था (पीटीआई)ले बताएको छ ।

तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ आफूमाथि कुटपिट गरेको आरोप पनि लगाएका छन् । यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्साहन गरेको भन्दै पक्राउ गरेको हो ।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित