
काठमाडौं, २३ कात्तिक । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सचिवालय बैठकका लागि लिखित आग्रह गरेको भोलिपल्टै वरिष्ठ नेता माधव कुमार नेपाल अन्य केही नेतासहित प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । उनले आफ्ना पक्षका स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलाई लिएर बालुवाटार पुगेको बताइएको छ ।
शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।
पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।















प्रतिक्रिया