काठमाडौं, २३ कात्तिक । ललितपुरबाट प्रहरीले हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक युवकको हत्या गरेर फरार भएका भीमराज भोलन नाम गरेका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।
बकैया–४ स्थित नयाँ दमारमा स्थानीय २० वर्षीय विकास वाइबाको हत्या गरेर फरार भएका भोलनलाई प्रहरीले ललितपुरको बागमती गाउँपालिका–२ को मण्डलाबाट शनिबार साँझ पक्राउ गरेको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ ।
पक्राउ परेका ती अभियुक्तले शुक्रबार दमार सिमात खोला नजिक विकास वाइबाको हत्या गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया