११ कार्तिक २०८३, बुधबार

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, २३ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोहि गाउँपालिका ५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा र दाङको बबई गाउँपालिका वडा नम्वर २ बस्ने १७ वर्षीय भिमराज बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप जिप छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा शनिवार बेलुकी साढे पाँच बजे दुर्घटना हुँदा दाङका एकजना सहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिपमा सवार ७ जना मध्य ४ जना भने हामफालेर बाँच्न सफल भएका छन् । उकालोमा चढ्न नसकेर जिप व्याक सर्दा सडक देखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।