तानसेन, २२ कात्तिक । जिल्ला प्रहरी कार्यालय पाल्पाले हाकिमबहादुर थापालाई बन्दुकसहित पक्राउ गरेको छ ।
रामपुर नगरपालिका–२ भलायटार बस्ने ५८ वर्षीय थापालाई शुक्रबार भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
थापाले गोठमा लुकाई छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दक बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया