बैतडी, २२ कात्तिक । बैतडीमा सार्वजनिक जीपबाट प्रहरीले ३ किलो लागुऔषध चरेश बरामद गरेको छ ।
बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागुऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले जीपबाट चरेश बरामद गरिएपनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए ।















प्रतिक्रिया