१ कार्तिक २०८३, आइतबार

‘जनप्रतिनिधिहरूले दशैं भत्ता लिनु उपयुक्त छैन’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । साझा पार्टीकी नेतृ एवं बागमती प्रदेशसभा सदस्य शोभा शाक्यले वर्तमान अवस्थामा जनप्रतिनिधिहरुले दशैं भत्ता लिनु उपयुक्त नहुने बताएकी छिन् ।

कोभिड–१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दंशैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने उनको धारणा छ ।

आइतबार एक प्रेस नोट जारी गर्दै उनले भनेकी छिन्, ‘मासिक तलब स्वतः खातामा आउने गर्दछ । बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैं भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ । मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु ।’

आफूले फिर्ता गर्ने उक्त रकम कोभिड–१९ को स्वास्थ्य कोषमा दाखिला गर्ने र अन्य सांसदहरुलाई समेत उनले यही आग्रह गरेकी छिन् ।

‘सबै सांसदहरूलाई दशैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड–१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गर्दछु’, उनले भनेकी छिन् ।

यसअघि आइतबार बिहानै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य भीम रावलले यस्तो भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्–