१ कार्तिक २०८३, आइतबार

सांसद भीम रावलले गरे दसैँ भत्ता फिर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । सत्तारुढ नेकपाका नेता तथा संघीय सांसद भीम रावलले दसैँ भत्ता फिर्ता गरेका छन् ।

उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै रकम फिर्ता गर्ने जानकारी गराएका हुन् ।

नेकपाका सुदूरपश्चिम इन्चार्जसमेत रहेका रावलले महामारीका बीच कसैले पनि भत्ता लिन नपाउने नीतिगत निर्णय गर्नुपर्ने धारणा समेत राखेका छन् ।

रावलले संसद सचिवालयलाई आफूबाट भत्ता रकम बराबरको चेक लिन अथवा आगामी महिनाको तलबबाट उक्त रकम कट्टा गराउन जुन सहज लाग्छ त्यही अपनाउन पनि सहजिकरण गरेका छन् ।

महामारीका बीच पनि सांसदहरुले तलबसहित दसैँ भत्ता पनि लिएको विषयमा चौतर्फी विरोध भइरहेको छ ।