शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सत्यवती गुफाका लागि तीन लाखको अक्षयकोष स्थापना

दैनिक नेपाल २०७७ कार्तिक १ गते १०:१९

वीवी श्रेष्ठ

व्यास, १ कात्तिक । तनहुँ जिल्लाको व्यास–५, सिर्दिमा रहेको सत्यवती गुफामा तीन लाखको अक्षयकोष स्थापना गरिएको छ ।

सत्यवतीगुफा गुप्तेश्वर महादेव मन्दिर संचालनका लागि समुदायस्तरबाट मन्दिरको संरक्षण र स्त्तरोन्नतीका लागि अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितिको अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिए ।

स्थानीयस्तरबाट उठेको अक्षयकोष सिर्दि टोल विकास समितिका अध्यक्षलाई हस्तान्तरण गर्दै व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनसमुदायबाट नै संकलित रकमले मन्दिरको स्त्तरोन्नती र विकासमा सहयोग पुग्ने बताए ।

‘जनतानै स्वतः जागरुक भएर अक्षयकोष स्थापनाले पनि गुफा र मन्दिरको महत्व कति रहेछ भन्ने पुष्टि’, वडाध्यक्ष श्रेष्ठले भने ।

‘स्थानीय वासिन्दा १००५।– का दरले हामीले ३०० जना स्थानीयसँग हामीले अक्षयकोष संकलन गरेका छौं’, संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठले भने, ‘सवैका सहयोगले अव गुफा र मन्दिरको संरक्षण गर्नेछ ।’

सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको आफनै विशेषता रहेको धार्मिक विश्वास रहेको छ । मन्दिरको दर्शन गरेमा मनोकामना पूरा हुने आस्था रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिए ।

उनले धार्मिक तथा पौराणिक रुपमा रहेको मन्दिर र गुफाको संरक्षण गरेमा आन्तरिक तथा वाह्य पर्यटक समेत भित्राउन सकिने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित