११ कार्तिक २०८३, बुधबार

नातीकाे कुटपिटबाट हजुरबुबाकाे मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १ कात्तिक । धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. १ मा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ ।

कोलबोटेका २७ वर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यु भएको हो ।

घाइते भएका फत्तबहादुरको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोबिन्द अधिकारीले जानकारी दिएका छन् ।

मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको अनुहारसहित बिभिन्न भागमा चोट लागेको थियो ।