
काठमाडौँ, २९ असोज । भैरहवामा बिहीबार दिउँसो एक कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको कञ्चन गाउँपालिका–१ का ५५ वर्षीय पुरुष रहेका छन् ।
भीम अस्पतलमा उपचाररत उनको बिहीबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुषलाई वुधबार राती ८ बजे भर्ना गरिएको थियो ।
गत मंगलबार पीसीआर परीक्षण गरिएको उनमा उच्च रक्तचाप, मिर्गौला र मुटु सम्बन्धी रोग थियो ।















प्रतिक्रिया