८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा कोरोनाबाट १३८ को मृत्यु, संक्रमितको संख्या २३ हजार ९३२ पुग्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । काठमाडौँ जिल्लामा हालसम्म १ सय ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एउटै जिल्लामा मृत्यु हुने यो सर्वाधिक संख्या हो ।

सबैभन्दा बढी मृत्यु हुनेको संख्या काठमाडौँ महानगरपालिकामा रहेका छन् ।

महानगरमा मात्र ९७ जनाको कोरोनाबाट मृत्यु भएका छन् ।

त्यस्तै, जिल्लामा हालसम्म २३ हजार ९ सय ३२ जना कोरोना संक्रमित रहेका छन् ।

जसमा सबैभन्दा बढी महानगरमा १६ हजार ७ सय ३३ जना रहेका छन् । दोस्रोमा बुढानिलकण्ठ नगरपालिकामा ९ सय ७६ जना रहेका छन् । काठमाडौँ महानगरपालिकामा मात्र ७ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौँ जिल्लामा अहिलेसम्म ११ हजार ३ सय जना कोरोनामुक्त भएका छन् । जिल्लामा १० हजार ९ सय ३४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।