
काठमाडौँ, २९ असोज । ग्यासको सिलिण्डर विस्फोट हुँदा काठमाडौँको सोह्रखुट्टेमा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा सिलिण्डर विस्फोट भएको जनाएको छ ।
विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
उक्त विस्फोटबाट वरपरका ७ वटा घरका सिसा फुटेका र भित्ता समेत चर्किएका छन् ।















प्रतिक्रिया