
काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको करिब ३ घण्टा भेटवार्ता भएको छ ।
उनीहरुबीच पछिल्लो समय उत्पन्न कर्णाली प्रदेशको विवाद समाधानबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
ठोस सहमति नभए पनि उनीहरुबीच कर्णालीको विवाद कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका नेकपाका पदाधिकारीहरुलाई काठमाडौँ बोलाएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आईतबार नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर उनलाई जोगाउन पार्टी अध्यक्ष प्रचण्ड तथा नेता माधवकुमार नेपाललगायतले साथ दिएका थिए ।















प्रतिक्रिया