८ कार्तिक २०८३, आइतबार

भक्तपुरमा ब्यारेकभित्र झुण्डिएको अवस्थामा सैनिक जवान मृत फेला

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २८ असोज । भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा भेटिएका छन् ।

गणका २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा वुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आज विहान उनी ड्यूटीमा नगएको र खोजी गर्दा बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको जनाइएको छ ।

उनले वुधबार १ः५५ मा आफन्तलाई मोबाइलबाट सन्देश पठाएको प्रहरीले जनाएको छ । मृतकको काठमाडौँ मेडिकल कलेजको अस्पतालमा मोस्ट्मार्टम गरिएको छ ।

पारिवारका सदस्य आएर उनको शव बुझेको समेत प्रहरीले जानकारी दिएको छ ।