८ कार्तिक २०८३, आइतबार

थप २१ सय ७४ जनाले जिते कोरोना, निको हुनेको संख्या करिब ८१ हजार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । नेपालामा गत २४ घण्टामा थप २ हजार १ सय ७४ जनाले कोरोना जितेका छन् ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ७४ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ८० हजार ९ सय ५ पुगेको छ ।

त्यस्तै, थप २ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

हाल देशभर ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ६ सय ७५ जना पुगेको छ ।