
काठमाडौँ, २८ असोज । सत्तारूढ नेकपाकी सांसद सानु शिवा पहाडीको वुधबार निधन भएको छ ।
उनको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको उनको वुधबार विहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज उपचारको क्रममा पहाडीको निधन भएको हो ।
इलामकी सांसद पहाडी सांस्कृतिकर्मी तथा जनकलाकार पनि हुन् ।
उनी तत्कालीन नेकपा (एमाले)को तर्फबाट समानुपातिक सांसद भएकी थिइन् ।















प्रतिक्रिया