८ कार्तिक २०८३, आइतबार

गाई काटेको अभियोगमा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नुवाकोट, २८ असोज । बेलकोट गढी नगरपालिका ५ सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरुलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरीसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।