
काठमाडौँ, २८ असोज । कोरोनाभाइरसबाट वागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
सामाजिक विकास मन्त्तालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले प्रदेशका १३ वटा जिल्लामा यतिका संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएको जानकारी दिए ।
देशका करिब आधा संक्रमितहरु वागमती प्रदेशमै छन् । पछिल्ले समय संक्रमण बढीरहेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ५४ हजार ४ सय जना संक्रमित रहेका छन् । जबकी देशभर १ लाख १५ हजार २ सय ३८ जना संक्रमित पुगेका छन् ।
संक्रमित स्वास्थ्यकर्मीमा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ३ सय ३८ जना रहेका छन् ।
त्यस्तै, सबैभन्दा धेरै संक्रमित हुने जिल्लामा पनि काठमाडौँ रहेको छ ।
सबैभन्दा कम स्वास्थ्यकर्मी संक्रमितमा रसुवामा १ जना, सिन्धुपाल्चोकमा २ जना तथा दोलखा र नुवाकोटमा ३÷३ जना रहेका छन् ।
त्यस्तै रामेछापका ४ जना, सिन्धुलीमा ११ जना र मकवानपुरमा १६ जना रहेका छन् ।
उता सबैभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित हुने जिल्लामा ललितपुर रहेको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार ललितपुरमा मात्र ४ सय २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । त्यस्तै चितवनमा ३ सय ६३ र भक्तपुरमा २ सय ११ जना रहेका छन् ।
काभ्रेमा १ सय ४२ र धादिङमा १९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
संक्रमितहरुमध्ये धेरै स्वास्थ्यकर्मी उपचारपछि निको भएका छन् भने केही अझै उपचाररत रहेका छन् ।















प्रतिक्रिया