
धादिङ, २८ असोज । धादिङमा जिल्लाभर निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज राति १२ बजेदेखि लागू हुने गरि अर्को सूचना नआउँदासम्मका लागि पुनः जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले जिल्लामा कोरोना संक्रमण बढिरहेको र चाडपर्व नजिएको भन्दै भीडभाड कम गराउन र कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लद्वारा जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थासमेत बन्द गर्न निर्देशन दिइएको छ ।
















प्रतिक्रिया