शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमणमुक्त

दैनिक नेपाल २०७७ असोज २७ गते १२:१९

वाशिङ्टन, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

ट्रम्पका निजी चिकित्सक डा. सीन कोनलेले राष्ट्रपतिको स्वास्थ्य रिपोर्ट जारी गर्दै ट्रम्प कोरोना संक्रमणमुक्त भएको बताएका हुन् । उनले राष्ट्रपतिबाट अर्कोलाई कोरोना नसर्ने बताएका छन् । उनका अनुसार ट्रम्पको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

उनी कोरोना संक्रमित पाइएपछि दोस्रो बहस रद्ध गरिएको थियो । सोमबार फ्लोरिडामा भएको चुनावी र्यालीमा राष्ट्रपति ट्रम्प विनामास्क नै सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित