१ कार्तिक २०८३, आइतबार

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्यीय टोली गठन गरेको छ ।

यस्तै डाक्टर केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको छ ।

डाक्टर केसी ६ बुँदे माग राखेर १९औं अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उनको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्–