२ कार्तिक २०८३, सोमबार

प्रदेश संसदीय दलको बैठकले नेकपाका सांसदलाई लगायो ह्विप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

आज सोमबार बुटवलमा बसेको नेकपा प्रदेशसभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नेकपाका सचेतक भूमिश्वर ढकालका अनुसार बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने तथा राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गरेका हुन् ।

अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ । तर, नेपाली कांग्रेसले उक्त बैठक स्थगित गरेर थप छलफल गरी सर्वसम्मतिले प्रदेशको नाम र राजधानीको विषय टुंग्याउनुपर्ने अडान राख्दै आएको छ ।

उता प्रदेशसभा बैठकमा आफ्नो भूमिका र धारणा तय गर्न कांग्रेसको प्रदेश संसदीय दलको बैठक पनि बसिरहेको छ ।