१ कार्तिक २०८३, आइतबार

सर्वदलीयमा सहमति नभएपछि नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । सर्वदलीय बैठकमा प्रदेश राजधानीबारे कुनै सहमति जुट्न नसकेपछि बैठकबाट बाहिरिएको नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको भए पनि सर्वदलीय बैठक बस्न र केन्द्रको निर्देशन आउन ढिला गरेकाले बैठक भर्खर मात्र शुरु भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।

बैठकमा सहमतिविना प्रदेशसभा चले कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको उनले बताइन् । प्रदेशसभाले भने दिउँसो १२ बजे प्रदेशसभा बैठक बोलाएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

तर, कांग्रेसले यसअघिको सर्वदलीय बैठकमै प्रदेशसभा बैठक रोकेर छलफल गर्नुपर्ने र सहमतिमै राजधानी निर्धारण गर्नुपर्ने अडान राखेको छ ।

नेकपाकै कतिपय सांसदहरु विभाजित भएको अवस्थामा राजधानी प्रस्तावबारे विरोध जनाउन कांग्रेसलाई थप बल पुग्दै गएको छ ।