१ कार्तिक २०८३, आइतबार

कमजोर बन्दै मनसुन, यस्तो छ आजको मौसम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेपालमा मनसुन क्रमशः कमजोर बन्दै गएको छ ।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अब केही दिनमा देशभरबाटै मनसुन बाहिरिने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले मनसुन बाहिरिन अझै १/२ दिन समय लाग्ने उनको भनाइ छ ।

यसैबीच आज देशका केही ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ ।

देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने छ ।