सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आईपीएल क्रिकेट : चेन्नई सुपर किङ्सले निकाल्यो दोस्रो जित

दैनिक नेपाल २०७७ असोज १९ गते ७:१२

काठमाडौं, १९ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उप–विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति यूएईमा भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । यूएई क्रिकेट मैदानमा पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा विनाविकेटको क्षतिमा पूरा गर्यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरेका थिए । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय ​इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित