३१ आश्विन २०८३, शनिबार

एनसेलले ल्यायो चाडपर्वलक्षित ‘कुरै कुरामा उपहार’ योजना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । चाडपर्वको आगमनसँगै एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ ।

यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वाअन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने छन् ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउने छन् । यो आकर्षक योजना आज आइतबारदेखि लागू भइसकेको छ भने ८ हप्ता अर्थात् मंसिर १३ सम्म कायम रहने कम्पनीले बताएको छ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्ने कम्पनीको भनाइ छ । योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन् ।

तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने छन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुने छन् ।

योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रू. २०० बोनस ब्यालेन्स, ७ जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाका बारेमा उस्ताह साट्दै भने, ‘चाडपर्वको सुरुवातसँगै यो वर्षको सबै भन्दा रमाइलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकाले चाडपर्व अझ विषेश हुने छ । जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रागाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाइलो बनाउनेमा हामी विश्वस्त छौं ।’

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्य प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने छ । दैनिक उपहार अन्तर्गत ग्राहकले रू. २०० बोनस ब्यालेन्स प्राप्त गर्ने छन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहने छ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्ने छन् ।

साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १÷१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिने छ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्यान्डसेट उपहार स्वरुप प्राप्त गर्ने छन् ।

त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्ने छन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुने छ । साप्ताहिक चक्र आइतबार सुरु भई शनिबार समाप्त हुने छ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्ने छ ।