३१ आश्विन २०८३, शनिबार

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द, कार्यसमिति बैठक अनिश्चित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले आफ्नो केन्‍द्रीय पार्टी कार्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ भने भोलि (सोमबार) का लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कांग्रेसले जनाएको छ ।

बैठक अनिशिचत

४ जना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै कांग्रेसले आज आइतबारका लागि तय गरेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरेको छ भने केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

उनका अनुसार भौतिक उपस्थितिको विकल्पमा भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे छलफल भइरहेकाले दिउँसोसम्ममा निर्णय लिइने बताइएको छ ।