१ कार्तिक २०८३, आइतबार

नेकपाको सचिवालय बैठक आज बस्छ कि बस्दैन ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । आज अपराह्न ४ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि बैठक बस्ने वा नबस्ने अनिश्चित भएको हो ।

‘यद्यपि, पार्टीले के निर्णय लिन्छ त्यो स्पष्ट भइसकेको छैन । संक्रमणको त्रासमा बैठक बस्नु भन्दा एक–दुई दिन पछि बस्दा राम्रो हुने सचिवालयका एक सदस्यले बताएका छन् ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अत्यावश्यक बाहेकको भेटघाट नगर्ने बताइसकेका छन् । यसले पनि सचिवालय बैठक बस्ने सम्भावना क्षीण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।

शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । चालकदेखि सबैको परीक्षण गरिएकोमा सचिवालयका ४ जनामा संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ ।

यस पटक प्रधानमन्त्री ओलीको परीक्षण नगरिएको अब भने उनको पनि परीक्षण गरिने जनाइएको छ ।