
काठमाडौं, १८ असोज । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
आज तोलामा २०० रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला २०० रुपैयाँ घटेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया