
काठमाडौं, १८ असोज । आज मुलुकका केही स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमासामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक–दुई स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ ।















प्रतिक्रिया