३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अमेरिकी समकक्षी ट्रम्पको स्वास्थ्यलाभको कामना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल भनाए गरिएको छ । भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् ।

सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् ।