१ कार्तिक २०८३, आइतबार

आईपीएल क्रिकेट : कोलकत्तालाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २१० रन मात्र बनायो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बताएको थियो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुनः उक्लिएको हो ।