३१ आश्विन २०८३, शनिबार

मिलाप फाउन्डेसनद्वारा कालीगंगा स्कुललाई शैक्षिक सामग्री वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । मिलाप फाउन्डेसनले काभ्रेपलाञ्चोकको नमोबुद्ध–६ चरङेफेदीस्थित कालीगंगा प्रामइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउन्डेशनले शुक्रबार उक्त विद्यालयका ४० जना विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको बताएको छ । उनीहरुलाई ब्याग, कपी, पेन्सिल, सावुन, माक्सलगायत सामग्री वितरण गरिएको थियो ।

 शैक्षिक सामग्री वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो भने नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिभर्सल डेन्टलका संस्थापक राजेन्द्रमान लामा, क्लवका संस्थापक अध्यक्ष गोपाल न्यौपाने र स्कुलका अध्यक्ष टीकाबहादुर केसीको आथित्यता रहेको थियो ।

यस्तै उक्त स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको पनि आथित्यता रहेको थियो । कार्यक्रममा कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

फाउन्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउन्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरणलगायत अन्य सामाजिक कार्य गर्दै आएको बताउँदै शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिइन् ।

मिलापले गत वर्ष जेठ ४ गते नुवाकोटको विदुर नगरपाालिका–७ साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको थियो भने चैत ८ गते नुवाकोटकै विदुर–३ मैतारस्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो ।