
धरान, १७ असोज । धरानमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इनरुवा–४ सुनसरीकी २८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।
उनलाई बीपी प्रतिष्ठानमै गरिएको पीसीआर परीक्षणबाट असोज ८ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच शनिबार बिहान नै विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।















प्रतिक्रिया