
पोखरा, १७ असोज । पोखरा महानगरपालिकाका १० जना सहित गण्डकी प्रदेशमा १७ जना नयाँ संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका–१७ का २४ र २३ वर्षका दुई पुरुष प्रहरी सहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा–६ का २८ र ८६ वर्षीया महिला, पोखरा–८ का ३० वर्षीया महिला र २९ वर्षीय पुरुष, वडा नं १३ का ४२ वर्षीय पुरुष, वडा नं १६ का २९ वर्षीय पुरुष, वडा नं १७ का २३, २४ र २८ वर्षीय पुरुष, वडा नं २४ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गोरखा नगरपालिका–१२ का ४९ वर्षीय महिला र ५७ वर्षीय पुरुष, बारपाक सुलीकोट वडा नं ३ का ३० वर्षीय पुरुष, वडा नं ८ का ३८ वर्षीया महिला, आरुघाट नगरपालिका वडा नं ४ का ४५ वर्षीय पुरुष रहेका छन् ।
तनहुँको भीमाद नगरपालिका–२ का ५ वर्षीया बालिका, वडा नं ६ का २७ वर्षीय पुरुष रहेका छन् । हालसम्म गण्डकी प्रदेशमा ४ हजार ३ जना संक्रमित भइसकेका छन् ।















प्रतिक्रिया